पोखरा, साउन १६ गते । गण्डकी विश्वविद्यालय अन्तर्गतको स्नातक तहमा खेलकुद कार्यक्रम चौथो ब्याचका विद्यार्थीको आयोजनामा एक्सपर्ट एजुकेशन गण्डकी विश्वविद्यालय अन्तर कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फको खेलमा आयुस रावल पहिलो, सुजन तिवारी दोस्रो भएका थिए भने महिला तर्फको खेलमा कृष्टिना ढकाल पहिलो र मुना कुमारी बसाइँ दोस्रो भएका थिए ।
कार्यक्रममा विजेता खेलाडीहरूलाई सिल्ड मेडल प्रमाणपत्रले सम्मान गर्दै गण्डकी विश्वविद्यालय कानून तथा व्यवस्थापन संकायका डीन हिमराज गिरीले विद्यार्थीको उल्लेखनीय कामको प्रशंसा गरे । कितावी ज्ञानलाई व्यवहारमा उतार्दा राम्रो पहल भएको उनको भनाई छ ।
एक्सपर्ट एजुकेशन पोखरा शाखा विजनेश डेभलब्मेन्ट मेनेजर विष्णु प्रसाद गौतमले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्दै आएको बताए । विद्यार्थीको क्षमता बढाउन र अन्तर्राष्ट्रिय बजारमा लैजानको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए ।
समापन कार्यक्रमका अध्यक्ष सुरेशराज अधिकारीले आगामी दिनमा पनि यस्ता विभिन्न कामहरू गर्दै अगाडी बढ्ने जानकारी दिए । कार्यक्रम सफल बनाउनको लागि विभिन्न उप-समितिहरू गठन गरिएको थियो । अर्थ समिति संयोजकमा सुजित लामिछाने, सञ्चार समिति संयोजकमा कृति गिरी, टेक्नीकल कमिटि संयोजकमा न्यौपाने, मञ्च व्यवस्थापन समिति संयोजक शान्ति सिरिश, मैदान व्यवस्थापन समितिमा विमल विक लगायत रहेका थिए ।