१) सुशीला कार्की भदौ २७ गते नेपालको पहिलो महिला सरकार प्रमुख/ प्रधानमन्त्री नियुक्त भएकी छन् ।
- उनी नेपालको पहिलो महिला प्रधान न्यायाधीश पनि हुन् ।
- मन्त्रिमण्डल विस्तार गर्ने क्रममा सोमबार गृह र कानुनमन्त्री ओम प्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, भौतिक पूर्वाधार, सहरी विकास मन्त्रीमा कुलमान घिसिङलाई नियुक्ति गरिएको छ ।
जेनजी आन्दोलनबारे
-जेनजी भन्नाले सन् १९९७ देखि २०१२ बिचको अवधिमा जन्मिएका पुस्तालाई बुझिन्छ ।
- जेनजी समूहद्वारा आन्दोलन सुरु भदौ २३ गते ।
- सामाजिक सञ्जालहरू निष्क्रिय गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयको विरोध साथै नेपालमा मौलाउँदै गएको भ्रष्टाचारको विरुद्धमा केन्द्रित रहि जेनजीले आन्दोलन गरेको हो ।
- आन्दोलनको क्रममा २३ गते १९ जनाको हत्या भएको थियो ।
- जेनजी आन्दोलनका कारण हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् ।
- एकै दिन धेरै युवाको हत्या भएपछि चौतर्फी विरोधका बावजुद सरकारले २३ गते बेलुका नै सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।
- २३ गते साँझ गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए ।
- सरकारको चौतर्फी विरोध भएपछि भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
- भदौ २४ गते जेनजीको नाम पारि उच्छृङ्खल समुहद्वारा देशभरका कार्यपालिका, व्यवस्थापिका र न्यायालयका मुख्य भवनहरू, प्रदेश-जिल्ला अन्तर्गतका विभिन्न सरकारी तथा सार्वजनिक सम्पत्तिहरू भाटभटेनी लगायत ठुला व्यापारिक, व्यावसायिक क्षेत्रहरू, स्थानीय तहका निकायहरू, साथै मन्त्री तथा नेताहरूको सम्पत्ति तोडफोड गर्नुका साथै जलाइएका थिए ।
२) नेपालको इतिहासमा पहिलो महिला महान्यायधिवक्तामा सविता भण्डारी नियुक्ति भएकी छिन् ।
- भदौ २९ गते उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेका हुन् ।
- उनी ३०औं महान्यायाधिवक्ता बनेकी हुन् ।
३) भदौ २९ गते ६१ औं बाल दिवस मनाइएको छ ।
- यस वर्षको नारा "बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी" रहेको थियो ।
४) विश्वको पहिलो एआई मन्त्रीको नाम : डिएला, रहेको छ ।
- भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले एआइ लाई मन्त्री बनाइएको हो ।
- सन् २०२५ सेप्टेम्बर १२ मा अल्बानियामा एआइ मन्त्री नियुक्त गरिएको हो ।
५) नेपालको कान्छो राष्ट्रिय निकुञ्जको रूपमा भदौ १३ गते छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ ।
- यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।
- मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका १ मा पर्ने यो राष्ट्रिय निकुञ्जको क्षेत्रफल ८४३ वर्ग किलोमिटर रहेको छ ।