१) मिसेस नेपाल वर्ल्ड २०२५' को उपाधि बुटवलकी रक्षा पन्तले प्राप्त गरेकी छन् ।
- विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२५' को उपाधि पन्तले जितेकी हुन् ।
२) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप- ३०) ब्राजिलको बेलेममा आयोजना गरिएको छ ।
- नोभेम्बर १० देखि २१ सम्म उक्त सम्मेलन सञ्चालन भइरहेको छ । कोप-३० मा कृषि तथा पशुपंक्षी विकास मन्त्री डाक्टर मदनप्रसाद परियारको नेतृत्वमा नेपालले सहभागिता जनाएको छ ।
३) सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानले जितेको छ ।
- उपविजेता नेपाल भएको छ भने आयोजक राष्ट्र श्रीलंका रहेको थियो । उक्त प्रतियोगिता सन् २०२५ नोभेम्बर ४ देखि ९ सम्म सञ्चालित थियो ।
४) नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८२ कार्तिक २४ गते राष्ट्रिय ए.आइ. केन्द्र स्थापना गरेको छ ।
५) डि.एन.ए. संरचना पत्ता लगाउने जेम्स वाटसनको निधन भएको छ ।
- सन् २०२५ नोभेम्बर ६ मा ९७ वर्षको उमेरमा उनको निधन भएको हो ।
- उनले फ्रान्सिस क्रिकसँग मिलेर सन् १९५३ मा डि.एन.एको डबल-हेलिक्स संरचना पत्ता लगाएका थिए ।