१) आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ।
- प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ ।
- सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मानव अधिकारको घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरूप यो दिवस मनाउने गरिएको हो ।
२) लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ ।
- यस वर्षको राष्ट्रिय नारा "प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं" रहेको छ भने अन्तर्राष्ट्रिय नारा "युनाइट टु इन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एण्ड गर्ल्स" रहेको थियो ।
३) बैंक अफ दि इयर २०२५ बाट सम्मानित हुने नेपाली बैंक : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड । - यसअघि बैंक अफ दि इयर २०२४ को अवार्ड समेत प्राप्त गरेको यो बैंक लगातार दुईपटक विश्वकै प्रतिष्ठित अवार्ड हासिल गर्न सफल भएको हो ।
४) अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ तारिखका दिन मनाइन्छ ।
- सन् १९८५ मा संयुक्त राष्ट्र सङ्घीय महासभाले डिसेम्बर ५ लाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
५) नयाँ नक्सा सहितको १०० रूपैयाँको नोट चलनचल्तीमा आएको छ ।
- विसं २०८२ साल मङ्सिर ११ गतेदेखि चल्तीमा ल्याइएको छ ।
६) थाइल्याण्डमा ३०० वर्ष यताकै ठूलो वर्षा भएको छ। सन् २०२५ नोभेम्बर २१ मा ३३५ मिलिमिटर पानी परेको हो ।
- बाढीबाट १० वटा प्रान्त पूर्णरूपले र देशभर गरेर २० लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् ।
७) गोरखापत्र संस्थानद्वारा पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धिको उद्देश्य सहित विसं २०८२ मङ्सिर १२ गते गोरखापत्र एकेडेमी स्थापना गर्ने निर्णय भएको छ ।
- पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक प्रकाशन लगायतका कार्य सञ्चालनका लागि एकेडेमी सञ्चालन गर्न लागेको संस्थानले जनाएको छ ।
८) सरकारले बाघ गणनाका लागि २०८२ पुसदेखि मिति तय गरेको छ ।
- बाघ गणना सुरु २०८२ पुस १ गतेदेखि फागुनसम्म हुनेछ ।
- यसअघि विसं २०७८ मङ्सिर १९ गतेदेखि गरिएको गणनामा नेपालमा ३५५ बाघ पुगेका थिए ।
९) बाह्य मिचाहा प्रजातिको प्रथम राष्ट्रिय सम्मेलन ( राष्ट्रिय कोप-१) यही मङ्सिर २६-२७ गते ललितपुरमा हुँदैछ ।
- आफ्नो प्राकृतिक भौगोलिक क्षेत्रबाट मानव क्रियाकलाप वा अन्य माध्यमबाट नयाँ स्थानमा फैलिएर स्थानीय प्रजाति वातावरण तथा पर्यावरणीय सेवालाई नकारात्मक असर पार्ने वनस्पति वन्यजन्तु तथा सूक्ष्म प्रजातिहरू नै बाह्य मिचाहा प्रजाति हुन् ।
- नेपालमा १५ वानस्पतिक परिवार अन्तर्गत २६ प्रजातिका मिचाहा वनस्पति पाइन्छ ।