साफ महिला फुटबलको उपाधि भारतलाई
पोखरामा सम्पन्न साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।
भारतले बङ्गलादेशलाई ४-० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा नेपाल सहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी थिए ।
सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।
शनिबार (२०८२/१०/२४) ६८ वर्षको उमेरमा उनको निधन भएको हो ।
नेपाली र हिन्दी गरि ५०० भन्दा बढी फिल्ममा नायक- खलनायक भएर अभिनय गरेका थिए ।
१४ औं साग
१४ औँ दक्षिण एसियाली खेलकुद साग पाकिस्तानमा आयोजना हुने भएको छ ।
सन् २०२७ मार्च २३ देखि ३१ सम्म खेल सञ्चालन हुनेछ।
हेम - गङ्गा सम्मान २०८२
हेम- गङ्गा अनुसन्धान तथा संरक्षण सम्मान २०८२ बाट वरिष्ठ चराविद डाक्टर हेमसागर बराललाई सम्मान गरिने भएको छ ।
बरालले चरा संरक्षण एवं गणनामा योगदान पुर्याए बापत उनलाई सम्मान गरिने भएको हो ।
वित्तीय क्षेत्र विकास रणनीति
सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सार्वजनिक गरेको छ ।
यही माघ १४ गते उक्त रणनीति सार्वजनिक गरेको हो ।
विशेषगरी वित्तीय क्षेत्र सुदृढीकरण नियामकीय क्षमता अभिवृद्धि र जोखिम व्यवस्थापनका लागि स्पष्ट मापदण्ड तथा एकीकृत सुपरिवेक्षण प्रणाली विकास गर्ने कार्यनीति तय गरिएको छ ।