लुम्बिनीएक्स ह्याकाथनमा उत्कृष्ट १० टाेलीबिच प्रतिष्पर्धा हुने
बुटवल ।
विद्यार्थीमा नवप्रवर्तन, सिर्जनशील सोच तथा वास्तविक समस्या समाधान गर्ने क्षमता विकास गर्ने उद्देश्यले राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनीएक्स’ ह्याकाथन आगामी श्रावण २३ देखि २५ गतेसम्म रूपन्देहीस्थित लुम्बिनी सिटी कलेजमा आयोजना हुने भएकाे छ।
लुम्बिनी सिटी कलेजका विद्यार्थीद्वारा स्थापित प्रविधिमूलक समुदाय लुम्बिनी एलिटको आयोजनामा हुन लागेको ह्याकाथन ‘Spirituality Meets Innovation’ …