बिरामीलाई आर्थिक सहयाेग

सेयर गर्नुहोस

१८ फागुन, दुलेगौंडा ।

गरिबीका कारण उपचारमा समस्या झेलिरहेकी एक क्यान्सर  बिरामीलाई शुक्लागण्डकीका महिलाहरूले आर्थिक सहयाेग उपलब्ध गराएका छन् ।

शुक्लागण्डकी -८ मालेबगर निवासी  रनमायाँ थापालाई लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टरले १३ हजार १०५ रूपैयाँ नगद सहयाेग प्रदान गरेकाे  हाे ।

क्यान्सर संग लड्दै आएकी थापालाई उपचारमा थाेरै भएपनि सहयाेग पुर्‍याउने उदेश्यले सहयाेग गरिएकाे क्लबकी फष्ट भिपी बिर्सना श्रेष्ठले जानकारी दिईन् ।


सेयर गर्नुहोस