१९ बैशाख, पाेखरा ।
लियो क्लव अफ चौतारी पोखराको अध्यक्षमा लियाे सहनशील बराल निर्वाचित भएका छन् । क्लबकाे बुधबार सम्पन्न २५ औ बार्षिक साधारण सभाबाट बराल अध्यक्ष निर्वाचित भएका हुन् ।
साधारणसभाले प्रथम उपाध्यक्षमा लियाे केनुका थापा, द्वितीय उपाध्यक्षमा लियो साधना हमाल, सचिवमा लियो स्मृती पौडेल, सह सचिवमा लियो बिबेक आचार्य र कोषाध्यक्षमा लियो प्रमिसा पौडेललाई चयन गरेकाे छ ।
यस्तै, जन सम्पर्क अधिकारिमा लियो आसीका रानाभाट , सचेतकमा लियो सुजिता आचार्य, टेमरमा लियो भगवन महत,आईटी हेडमा समित पौडेल चुनिएका छन् ।
सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत लियाे लायन हरिहर पराजुलीले बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।