कास्कीका विभिन्न स्थानमा पहिरोका कारण एकै परिवारका ७ जनाको मृत्यु ४ वेपत्ता

सेयर गर्नुहोस

कास्की

गएराती परेको अविरल वर्षाका कारण पहिरोमा परि पोखरामा एकैघरका सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ (चैनपुर) र मादी गाउपालिकामा गरेर चार जना बेपत्ता भएका छन्।
राती १०ः१५ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर १९ पुरन्चौर तल्लाकोट ठाँटीमा पहिरोले स्थानीय कुल बहादुर परियारको घर पुरिँदा उनको परिवारका सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभएको छ । (घटनाको बिस्तृत विवरण आउन बाँकी छ।)

यसैगरी पोखरा ३२ चैनपुरस्थित आरती ओझाको घर पहिरोले पुरिँदा उनकी छोरीहरु अनिता ओझा, अनुषा ओझा र उनका भतिज बेपत्ता भएका छन् भने आरती ओझाको उद्धार गरिएको छ । बाँकीको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मादी गाउँपालिकाको वडा नम्बर ११ तल्लो ताप्लेमा घर पुरिँदा ८० वर्षीय माइली गुरुङ बेपत्ता भएकी छिन भने उनका ५५ वर्षीय छोरा ओम गुरुङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


सेयर गर्नुहोस