पोखरा, २४
पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०–८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा पाँचै जना जनप्रतिनिधीहरुले चुनाव अघि गरेका वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिशतको हाराहारीमा काम भएको जानकारी दिदै वडा वासीलाई नआत्तिन उनिहरुको अनुरोध थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै आउँदो वर्षभित्र पामेवाट कास्कीकोट जाने वाटो पुरा गर्ने बताएका छन् । खानेपानी समस्या समाधानका लागि लौरुक लिफ््िटङ्ग योजनाको काम अगाडी वढेको भन्दै वहु वर्षिय आयोजनाको रुपमा दुई वर्ष भित्र पुरा गर्ने जनाईएको छ । कास्कीकोट माथी देखी पामे साईडको पनि अधिकतम भाग समेटीएकाले वडा कार्यालयमा हुने काम कार्वाहीमा समस्या परेको भन्दै वडाको भुभागवाटै वडा कार्यालयमा जाने कनेक्टिङ्ग रोड छिट्टै पुरा गर्ने पनि उनिहरुको भनाई थियो । हाल २४ नम्मर वडाकै लौरुक तथा पामे एरियाका नागरिकलाई वडाको काम गर्न जानुपरेमा ५ वटा वडाको भाग घुमेर जानुपर्ने वाध्यता छ रहेको छ ।
कार्यक्रममा पोखरा २४ का अध्यक्ष भरत बहादुर अधिकारीले आर्थिक वर्षको विभिन्न परियोजनाहरू, खर्चको विवरण तथा आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । उनले कास्कीकोटलाई अगाडी बढाउनका लागि आवश्यकताको आधारमा सबै प्रकारका व्यक्तित्वहरुसँग सहकार्य गरेर जाने बताए । कार्यक्रममा सहभागी स्थानीयहरूले वडाभित्रका सडक तथा योजनाहरूमा विभिन्न प्रश्नहरू उठाएका थिए । सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै संघीय, प्रदेश र स्थानीय तीनै तहले उपलब्ध गराएको रकम समायोजन गरेर बजेट बनाएको उल्लेख गरे । सार्बजनिक सुनुवाइ कार्यक्रममा वडा सचिब ईन्द्र बहादुर जीसीले चालु आ. व. २०८०–८१ मा जारी कार्यक्रम र बजेटसँग सम्बन्धित वडा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै उनले सार्वजनिक सुनुवाइ बाहेक पनि नागरिकका जिज्ञासाहरुको सम्बोधन गर्ने बताए । कार्यक्रममा वडा सदस्य कृष्ण प्रसाद सुवेदीले वडावासी नागरिकले मात्र नभई राजनीतिक दलका नेताहरुले पनि वडाको काममा चासो राख्नुपर्ने बताए । उनले पार्टीलाई अगाडी बढाउने बारे मात्र होईन वडालाई अगाडी बढाउन पनि वार्ता र सुझावहरु दिनुपर्ने बताए । कार्यक्रममा वडा वासीले ग्रामिण सडक, शैक्षिक र स्वास्थ्य गुणस्तर सुधार, कास्कीकोटमा पर्यटन प्रवर्द्धन, वडाको भावी योजना बारे प्रश्न तथा जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा कास्कीकोटका स्थानीय बासिन्दा, वडाभित्रका संघसंस्थाका प्रतिनिधिहरू तथा सरकारी अधिकारीहरू समेत गरि १ सय ५० भन्दा वढीको सहभागिता रहेको थियो ।