मट्टीखानमा तिज उत्सव –२०८१ संचालन हुने

सेयर गर्नुहोस

स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं १ र कास्कीको पोखरा म.न.पा. वडा नं २१ मा रहेको पर्यटकीय गाँउ मट्टीखानमा सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि मट्टीखान तिज उत्सव –२०८१ हुने भयको छ । ऐतिहासिक तथा परम्परागत संस्कृति र संस्कारको संरक्षण गरौँ, मट्टीखान जाऊँ तिज उत्सव –२०८१ मनाऔं भन्ने मुल नाराका साथ मट्टीखान जेन्टलमेन क्लबले कार्यक्रम आयोजना गरेको हो । यहि भाद्र १९ गतेदेखि २१ गते, ३ दिनसम्म चण्डीडाँडा माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम हुने भएको हो । तिज उत्सव सम्पन्न गर्नको लागि संस्थागत तर्फ सहयोग गर्नेमा फेदिखोला गाउँपालिका वडा नंं १, चण्डीकालिका आमा समूह, चण्डीडाँडा आमा समूह, चण्डीडाँडा माध्यमिक विद्यालय रहेका छन् भने व्यक्तिगत तर्फ स्वदेश तथा विदेशमा रहनुहुने मट्टीखानप्रेमी महानुभावहरुले स्वेच्छिक रुपमा आर्थिक , भौतिक, प्राविधिक सहयोग गर्नुभएको छ ।

तिज उत्सव कार्यक्रममा महिला दिदीबहिनीहरुको तिजगित, कुर्ची दौड,डोरी तान्ने प्रतियोगिता रहेको छ भने, पूरूष तर्फ भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, भाले गेम प्रतियोगिता रहेका छन् । साथै स्थानिय कलाकारहरुको विभिन्न सांगितिक प्रस्तुती समेत रहने छ । तिजगित प्रतियोगिताको पुरस्कारमा प्रथम, द्वितीय, तृतीय र शान्त्वना तर्फ क्रमशः २० हजार, १५ हजार, १० हजार र ७ हजार शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ४० हजार, र द्वितीय पुरस्कार २० हजार शिल्ड मेडल र प्रमाणपत्र रहेको छ ।

अन्य प्रतियोगिताको लागि पनि उचित पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष दिपेश क्षेत्रीले जानकारी दिएका छन् ।


सेयर गर्नुहोस