१) वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) विधेयक,२०८१ राष्ट्रपतिद्वारा प्रमाणिकरण: २०८१ भाद्र १३ गते
२) सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिवन्ध हटाउने सरकारको निर्णय: २०८१ भाद्र ६ गते ३) भारतका चर्चित सन्त पाइलट बाबाको निधन : २०२४ अगस्ट २० (२०८१ भाद्र ४ गते)
४) अन्तराष्ट्रिय टी-20 क्रिकेटमा एकै ओभरमा सर्वाधिक रन बनाई नयाँ विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर : डारियस भिसेर (उनले सन् 2024 अगस्ट 19 मा एकै ओभरमा सर्वाधिक ३९ रनको विश्व कीर्तिमान कायम गरेका हुन् ।
५) नेपाल राष्ट्र बैंकद्वारा वि.सं. २०८१ भाद्र २ मा सार्वजनिक तथ्याङ्क अनुसार आ.व. २०८०/०८१ मा नेपालमा विप्रेषण आप्रवाह : रू. १४ खर्व ४५ अर्व ३२ करोड (अघिल्लो वर्षको तुलनामा १६.५% वृद्धि भयको)
६) जगदम्बा श्री पुरस्कार २०८०: प्रा.डा. योगेन्द्र प्रसाद यादवलाई प्रदान जगदम्बा श्री पुरस्कार २०७९ : टेकविर मुखियालाई प्रदान गरियको थियो । यो पुरस्कार मदन पुरस्कार स्थापना गर्ने रानी जगदम्बा देविको स्मृतिमा मदन पुरस्कार गुठीले स्थापना गरेको हो ।
७) नेपाल सरकारले नयाँ मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । २०८१-५-१३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले मुख्य सचिव नियुक्त गरेको हो ।
८) ५८ औं अन्तरराष्ट्रिय साक्षरता दिवसको नारा : बहुभाषिक शिक्षाको प्रवर्द्धन: पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता भन्ने मूल नाराका साथ २०८१ भाद्र २३ गते (सेप्टेम्बर ८, २०२४) मा मनाइने भयको छ ।
९) नेपालमा पहिलो पटक जेनोप्लान परिक्षण सुरू : २०८१ भाद्र १२ गतेबाट धुलिखेल अस्पतालले नेपालमै पहिलोपटक जेनोप्लान परिक्षण सुरू गरेको छ । मानिसलाई १० वर्षभित्र के कस्ता रोग लाग्ने सम्भावना रहेको छ भनि रोगको पहिचान,त्यस्ता रोग लाग्न नदिन अपनाउनु पर्ने सावधानीका उपाय पहिचानका लागि परिक्षण सेवा सूरू गरियको अस्पतालले जनायको छ ।
१०) शिक्षा दिवस २०८१ असोज २ गते ” ज्ञान ,विज्ञान सिप,उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल नाराका साथ मनाइने भयको छ ।