जुनियर तेक्वान्दोमा सहिद स्मृति विद्यालयलाई लगातार तेस्रो पटक उपाधी

सेयर गर्नुहोस

पोखरा, भदौ ३१

पोखरामा सञ्चालन भएको सातौँ संस्करणको कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दो रनिङ शिल्डमा पोखराको सहिद स्मृति आवासीय विद्यालय च्याम्पियन बनेको हो । सहिद स्मृति विद्यालयले १३ स्वर्ण ५ रजत र ३ कास्य सहित सहिद सहित उपाधि जितेको हो । यससँगै सहिद स्मृति विद्यालयले लगातार तेस्रो पटक उपाधि जित्न सफल भयो । प्रतियोगिता यही भदौ २८ देखी ३० गतेसम्म सञ्चालन भएको थियो ।प्रतियोगितामा गेरोगि तर्फ तीन सय ७० जनाको सहभागिता र पुम्से तर्फ करिब ८० जनाको सहभागिता रहेको थियो ।प्रतियोगितामा २० किलो पुरूष तर्फमा प्रथम सुप्रीम गुरुङ (याप्सुलुट) दोस्रो सिम्सन गुरूङ (सहिद स्मृति)तृतीय आरोन थापा (पोखरा),अब्रीम बराल (राईजिङ स्टार) बन्नुभयो ।त्यस्तै गरी २० किलो महिला तर्फ प्रथम अध्या श्री(याप्सुलुट) दोस्रो श्रृंखला नेपाली (ईंप्याक्ट) तृतीय लक्ष्मी तामाङ(सहिद स्मृति) र तृतीय जानु तामाङ(लक्ष्मी मा.वि) त्यसैगरी २३ किलो तर्फ पुरूष प्रथम विवेक शाही(सहिद स्मृति) दोस्रो विराज भण्डारी (याप्सुलुट) तृतीय निश्चल ढकाल(लक्ष्मी मा.वि) र तृतीय बुद्दि लङ्का मगर(बालप्रबात) बन्नुभयो । महिला २३ किलो तर्फ प्रथम अनुष्का घर्ती मगर(सहिद स्मृति), दोस्रो संस्कृति लामिछाने(रिठेपानी) तृतीय एन्जल बुढामगर(हिमालयन टाईगर) र निश्मा गिरी(यसोदा) हुनुभयो ।


सेयर गर्नुहोस