पोखरा, असोज ११
पोखरा २४ मा रहेको ठोट्नेखोला कृषि तथा पशुपन्छी फर्मले अर्गानिक दानेदार मलको व्यवसाय सञ्चालन गरेको छ । पोखरा महानगरपालिका वडा नं २३ र २४ मा पर्ने कार्कीकोतगरामा व्यवसाय सञ्चालन गरियको छ । स्थानिय युवराज सुवेदीले र बिष्णु प्रसाद सुवेदीले व्यवसाय संचालनमा ल्याउनुभएको हो । उक्त मल विशेषगरी पोखरा महानगर वडा नं २३ ,२४, १८ र २२ (तालपारी) साथै अन्नपूर्ण को केही वडालाइ पायक पर्ने गरि व्यवसाय सुरू गरिएको छ । हाल नेपालमा अत्यधिक मात्रामा रासायनिक मल र विषादी प्रयोग गरि किसान साथै उपोभोक्ताको स्वास्थ्यमा गम्भीर खालका क्यान्सर, मृगौला फेल जस्ता घातक रोगहरू लागेको समाचार सुन्नमा आयकोले रासायनिक मलको सट्टा अर्गानिक मल प्रयोग गर्न आग्रह गर्नुभएको छ । त्यसैगरी विषादीको सट्टा गाउघरमा पाइने जडिबुटी (पाती,असुरो,कालोझार) लगायत पिसेर झोल बनाइ, गाईको गहुँत पानीमा मिलाई किसानले प्रयोग गरेमा तरकारी बालिमा लाग्ने किराहरू नस्ट गर्न सकिने उहाँहरुको भनाई छ । गत बुधबारबाट व्यवसायको औपचारिक सुरुवात गरिएको थियो ।
हाल थोरै बाट सुरुवात गरेको भएपनि किसानको माग अनुसार प्राङगरिक खेतीतर्फ किसान आकर्षित भएमा व्यवसाय वृद्धि गर्दै लैजाने उहाँहरुको भनाई छ । उक्त फर्मले आफ्नै गाईभैंसी को दुध साथै त्यस क्षेत्रका अन्य किसानको दुग्ध संकलन गरि पोखरा ल्याई विक्री समेत गर्दै आयको छ ।