पोखरा, असोज १४ ।
सोमबार दिउँसो २ बजे भारतिय नागरिकले अबैध चाँदिका गरगहनाहरु ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवाले पोखरा महानगरपालिका वडा नं.३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारत पुर्वी चम्पारण जिल्ला सुगौली थाना वडा नं. १० स्थायी वतन भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार बस्ने बर्ष ३५ को चन्द्र भूषण प्रसादले पछाडी भिरेको झोलाभित्र निलो सेतो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको अवस्थामा विभिन्न किसिमका चाँदीका गरगहना चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १४० थान, झल्लार पाउजु १९२ थान, सादा पाउजु १२५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान, पाउजुको लक हुक ४९८ थान जम्मा एकमुष्ट तौल ५ किलो ६९० ग्राम अवैध तयारी गहना र १ थान मोवाईल फोसेटफेला पारेको र सो सम्बन्धमा प्रमाण खुल्ने कुनै कागजात (बिल) समेत नभएको हुँदा निजलाई उक्त गरगहना सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।