ढाेरबाराहीकाे आश्चर्यजनक पर्यटकीय साैन्दर्यकाे प्रवर्द्धन गर्छाै – पर्यटनमन्त्री पाण्डे 

सेयर गर्नुहोस

१८ असाेज, दुलेगौंडा ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेले सरकारले ढाेरबाराही मन्दिरकाे आश्चर्यजनक पर्यटकीय साैन्दर्यकाे प्रवर्द्धन गर्ने बताएका छन् । तनहुँकाे शुक्लागण्डकी नगरपालिका ९ स्थित ढाेरबाराही मन्दिरमा शुक्रबार ढाेरेली सेवा समाजकाे समन्वय तथा शुक्लागण्डकी नगरपालिकाकाे आयाेजनामा भएकाे अन्तरक्रियामा मन्त्री पाण्डेले ढाेरबाराहीकाे लहरी, वनकुञ्ज, नागवेली लहरा लगायतका  सुन्दर र रहस्यमय सम्पदाहरूकाे संरक्षण र विकासका लागि आवश्यक कार्य गर्न  तत्पर रहेकाे वचनवद्वता व्यक्त गरे । 

 “ढाेरबाराहीकाे लहरी विशिष्ट महत्वकाे छ, चारैतिर वन हुदाँ पनि पातहरू दहमा नअडिने कुरा आफैमा अनाैठाे छ” मन्त्री पाण्डेले भने “विज्ञान भन्दा अझ शक्तिशाली मान्छेकाे विश्वास हुन्छ, विश्वास गर्ने प्रशस्त आधार ढाेरबाराहीसंग छ ।”

गण्डकी प्रदेश सरकारले ताेकेका १० गन्तव्य मध्ये ढाेरबाराही मन्दिर एक भएकाे चर्चा गर्दै मन्त्री पाण्डेले १ बर्ष भित्र  नै ढाेरबाराही मन्दिरकाे प्राेफाईल तयार पारिने बताए । 

अन्तर्क्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले ढाेरबाराही मन्दिरकाे गुरूयाेजना तयार पार्न आवश्यक भएकाे बताए । 

संविधान सभा सदस्य आशा काेइरालाले ढाेरबाराही मन्दिरकाे व्यवस्थित सञ्चालनका लागि क्षेत्र विकास समिति निर्माण गर्नुपर्ने आवश्यकता औल्याइन् । 

गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले पुरातात्त्विक सम्पदा ढाेरबाराही मन्दिरकाे ऐतिहासिकतालाई प्रमाणित गरि लिपीवद्ध गर्न आवश्यक भएकाे विचार राखे । 

नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जाेशीले पर्यटकका लागि ढाेरक्षेत्र पर्यटकीय सम्भावना बाेकेकाे ठाउँ भएकाे बताए । 

कार्यक्रममा नगरप्रमुख कृष्णराज पण्डित, ढाेरेली सेवा समाजका शिव कुमारी महत, स्थानीय माधव भट्टराई,  हरि बहादुर महत, शिव शंकर बानियाँ, अम्बिका भट्टराई लगायतले ढाेरबाराही मन्दिरकाे महत्व प्रकाशमा ल्याउन सरकारकाे ध्यानाकर्षण गराएका थिए । 

ढाेरेली सेवा समाजका पूर्व अध्यक्ष एकराज सिग्देलकाे ढाेरक्षेत्र र ढाेरबाराही मन्दिर समग्र परिवेश बारे चर्चा गरे । 


सेयर गर्नुहोस