१८ असाेज, दुलेगौंडा ।
नेपाल उद्योग ब्यापार महासंघ शुक्लागण्डकीको अध्यक्षमा कुलबहादुर गुरुङ्ग चयन भएका छन् । शुक्रबार दुलेगौंडामा सम्पन्न नेकपा माओवादी केन्द्र निकटका उद्योगी/व्यवसायीकाे प्रथम भेलाले गुरूङकाे अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेकाे हाे ।
समितीको उपाध्यक्षमा उद्योग तर्फ देवेन्द्र ढुंगाना र वाणिज्य तर्फ कमल सिग्देल चयन भएका छन् । महासचिवमा मित्रबन्धु पौडेल, सचिवमा आरती शर्मा र कोषाध्यक्षमा सविना विक छन् ।
यस्तै सदस्यहरुमा विमला राई, गोवर्धन गुरुङ्ग, नवराज गौतम, मनिषा सारु, रेशम सापकोटा, सुनिता सुनार, रामकुमारी परियार, सुरेन्द्र वाग्ले, सेर्कु तामाङ्ग, ज्योति ढकाल र पुष्प सुवेदी रहेका छन् ।
भेलाले रामप्रसाद सिग्देलको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिका सदस्यहरुमा तिलबहादुर कार्की र ओमकुमार श्रेष्ठ रहेका छन्।