विश्वकर्मा समाजकाे उपहार हसियाँ र बञ्चराे

सेयर गर्नुहोस

२२ असाेज, बाग्लुङ ।

प्राय: औपचारिक कार्यक्रममा अतिथिलाई मायाँकाे चिनाे स्वरूप प्रदान गरिने उपहार आयातित सजावटका सामाग्री हुन्छन् । रित मात्रै पूरा गर्न दिइने त्यस्ता अधिकांश मायाँकाे चिनाे केहिबेरपछि अतिथिका लागि नै बाेझ बनिदिन्छ । एकातिर आयाेजकले अनुत्पादक क्षेत्रमा पैसा खर्च गरिरहेकाे हुन्छ, अर्काेतिर अतिथिले पनि खास महत्व दिएकाे देखिदैन ।

तर विश्वकर्मा समाजले भने माैलिक र उपयाेगी सामाग्री मायाँकाे चिनाे स्वरूप दिने चलन शुरू गरेकाे छ । बागलुङको जैमिनी नगरपालिका–१० सृजना टाेल स्थित विश्वकर्मा समाजले गाउँकै आरनमा निर्माण भएका हसियाँ र बञ्चराे लगायतका औजारहरू अतिथिलाई मायाँकाे चिनाे स्वरूप दिन थालेकाे हाे ।

विश्वकर्मा समाजले दशैकाे अवसरमा आयाेजना गरेकाे विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रममा अतिथिहरूलाई  हसियाँ र बञ्चराे उपहार दिइयाे ।

आरन पेशाकाे संरक्षण गर्दै आम्दानी बढाउन तथा युवा पुस्तामा परम्परागत पेशाप्रति गर्वानुभुति गराउन सार्वजनिक कार्यक्रममा औजार उपहार दिने गरिएकाे विश्वकर्मा समाजले बताएकाे छ ।


सेयर गर्नुहोस