कास्की, असोज २२ ।
हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ। हाईक्याम्प आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव मंगलबार भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो । आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ ।