कात्तिक २ गते ।
१) नोबल पुरस्कार विजेता: 2024
चिकित्साशास्त्र तर्फ: अमेरिकी वैज्ञानिकद्वय भिक्टर इम्ब्रोस र म्यारी रभ्कन। (माइक्रोआएनए आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भुमिकाका लागि )
भौतिकशास्त्र तर्फ : जोन जे. हप्फिल्ड (अमेरिका) र जेफ्री हिन्टन (ब्रिटिस क्यानडेली) । (आर्टिफिसियल न्यूरल नेटवर्कमार्फत मेसिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविस्कारका लागि)
रसायनशास्त्र तर्फ : डेभिड बेकरी(अमेरिका) – (कम्युरेस्नल प्रोटिन डिजाइनका लागि) तथा जोन एम्. जम्पर (अमेरिका) र डेमिस हासविस (बेलायत) -(प्रोटिनको स्ट्रकचर प्रेडिक्सनका लागि)
साहित्य : हान कान (दक्षिण कोरिया ) ऐतिहांसिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने काव्यात्मक गद्यका लागि )
शान्ति : निहन हिडन्क्यो (जापानी संस्था) – विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयास एवं आफ्नो साक्षत अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नु हुँदैन भन्ने सन्देशका लागि)
अर्थशास्त्र
१) डारोन एसिमोग्लु ( अमेरिका)
२) साइमन जोनसन (अमेरिका)
३) जेम्स ए. रोविन्सन (अमेरिका)
(संस्था कसरी निर्माण हुन्छन् र तिनीहरूले समृद्धिमा कसरी प्रभाव पार्छन् भन्ने अध्ययन गरेवापत)
२) नवौं संस्करणको महिला टी-20 विश्वकप सन् 2024 अक्टोबर 3-20 सम्म UAE मा भइरहेको छ ।
– महिला टी -20 विश्वकप सन् 2009 देखि इङ्गल्याण्डबाट सुरू भयको हो ।
३) अभ्यास क्याम्ब्रियन गस्ती -2024 मा स्वर्णपदक प्राप्त गर्न सफल सैन्य टोली : नेपाल (बेलायतको वेल्समा भयको गस्ती मा ३७ देशका १२१ टोलीलाई पछि पार्दै नेपालले पदक हात पारेको हो ।
४) रेडियो नेपालबाट समाचार प्रसारण हुने भाषाको संख्या – २५ (२०८१ असोज ३० गते दनुवार भाषामा) (२३ र २४औं वैतडेली र राजवंशी २०८१ असार ३०)
५) सरकारले आरोहणका लागि थप ५७ हिमाल खुल्ला गर्ने निर्णय गरेको छ , २०८१ असोज २१ गते मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
६) सातौं संस्करणको महिला साफ च्याम्पियनसिपको आयोजना:२०८१ कात्तिक १ देखि १४ गते काठमाडौंमा चल्ने छ ।
७) ३२औं प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतले शपथ लिएका छन् : २०८१ असोज २० गते राष्ट्रपति समक्ष सपथ लिएका हुन् ।
८) एसिया प्यासिफिक डिजिटल समिट 2024 को पिपुल्स च्वाइस अवार्ड जित्ने नेपाली विधार्थी : समिप अर्याल, आशिष कार्की, ऐन्जेलिना घिमिरे, प्रियासु शर्मा, साधना पन्थी र समृद्धि कार्की
(समिटमा नेपाली विधार्थीले अल्ट्रा केयर नामक एआई व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए)