पोखरा, कात्तिक १० गते ।
एभरेस्ट एफ. एम. ९३ मेगाहर्जद्वारा ” आयोजित अभावको बेला नगरे, कहिले गर्ने ?” भन्ने मूल मन्त्रका साथ “आकस्मिक रक्तदान कार्यक्रम-२०८१” मा २५१ युनिट रगत संकलन भयको छ । रगतको अभाव भएपछि रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिवार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको थियो । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गरेको एफएमले जनाएको छ । स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयको छ । उहाँले रगतको अभावमा आहत मनलाई राहत प्रदान गर्न रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयको थियो ।
एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १ सय ८१ युनिट रगत संकलन गरेको थियो ।रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वस्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताइन्छ ।