स्याङ्जा,
फेदीखोला सहित्य प्रतिष्ठानले फेदीखोला साहित्य पत्रिका (त्रैमासिक) पहिलो अङकको विहिबार लोकापर्ण गरेको छ । बहु प्रतिभाशाली व्यक्तित्व स्वर्गीय चेतन कार्कीको ८६ औं जन्म जयन्तीमा फेदीखोला गाउँपालिका –१ मा पत्रिका लोकापर्ण तथा जन्मजयन्ती मनाइएको हो । साहित्यिक पत्रिकाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लोकापर्ण गर्नु भएको हा्े ।
कार्यक्रममा साहित्यकार चिन्तु गिरी, लाल कार्की, सीता देवी सुवेदी, रोशन रेग्मी गीत कविता प्रस्तुत गर्नु भएको थियो ।
प्रतिष्ठानले पहिलो पटक प्रकाशन गरेको पुष्तकमा ४९ वटा कथा, कविता, गजल, मुक्तक, गीत, जीवनी रहेको प्रतिष्ठानका अध्यक्ष हिमालय जंग वानियाँले बताउनुभयो । साहित्यिक पत्रिका ९० पृष्ठको रहेको प्रतिष्ठानका अध्यक्ष हिमालय जंग वानियाँले बताउनुभयो । ५० बर्ष चलचित्रमा निर्देशन, लेखन, संवाद, पटकथा, प्राविधिक सल्लाह दिनु भएका कार्कीको फेदीखोला गाउँपालिकाले कक्षा –६ को स्थानीय पाठ्यक्रम हाम्रो फेदीखोलामा जीवनी राखेको छ । परिवर्तन, भूमरी, विश्वास, पहिलो प्रेम लगायतका चलचित्रमा निर्देशन गर्नु भएका कार्कीले कान्छी है कान्छी, तिजको लहर आयो बरिलै, मायाँ पिरतीको चोखो कथा जस्ता गीत लेख्नु भएको थियो ।