काेल्मा क्रसकन्ट्री दाैड पुस ८ गते

सेयर गर्नुहोस

३० कार्तिक, दुलेगौंडा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका– ९ कोल्माको बराहचौरमा पुस ८ गते पाँचौ संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले “स्वास्थका लागि दाैड, राष्ट्रका लागि दाैड” भन्ने मुलनाराका साथ आयाेजना गरेकाे राष्ट्रिय स्तरकाे दाैड प्रतियाेगिताका ४ विधा छन् । 

खुल्लातर्फ २१ वर्ष माथिकाे २५ किलोमिटर, खुल्ला महिला र २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर र विद्यार्थी (कक्षा ८ देखि १२ सम्म) का लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मञ्चका महासचिव तथा प्रचार संयाेजक जीवन पोख्रेलले जानकारी दिए ।

२५ किलोमिटर दुरीको खुल्ला दौडमा विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँ साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खुला महिलाको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१० किलोमिटर २१ वर्षमुनिकाे तर्फ विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ, तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, विद्यार्थी तर्फ विजेताले १२ हजार रुपैयाँ, उपविजेताले ८ हजार रुपैयाँ र तेस्रोले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चार वटै विधामा १० औं स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जानकारी दिएकाे छ ।


धावकहरूका लागि कोल्मा बराहचौर देखि  काउँले, डाँडा स्वारा, नाम्चे, काल्खु, खल्लुबोट, राईपुर, विसौना, रामचौतारा, बङ्गाले खोला, सिम्लेस्वारा, ओढारे, खुदी, मड्किना, मड्किना भञ्ज्याङ, सतिडाँडा हुदैं पुनः कोल्मा सम्मको लागि दाैडपथ तय गरिएको छ ।

स्याङ्जा र तनहुँ जिल्लामा पर्ने गाउँहरू मिली बनेकाे चार थुम/सातसय काेल्माकाे पर्यटकीय  प्रवर्द्धन तथा सामाजिक विकासका लागि क्रसकन्ट्री दाैड महत्वपूर्ण हुने विश्वास दिइएकाे सम्पर्क मञ्चका सचिव जीवन थापाले बताए ।


सेयर गर्नुहोस