बस दुर्घटनामा १ को मृत्यु ३० घाईते

सेयर गर्नुहोस

२ मंसिर, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँकाे बन्दिपुर गाउँपालिका ५ गाेरे चाैतारा घुम्तीमा आइतबार दिउँसो भएकाे बस दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ । २ वटा यात्रुबाहक बस आपसमा ठाेक्किदा भएकाे उक्त दुर्घटनामा अन्य ३० जना घाईते भएका छन् । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँकाे बन्दिपुर गाउँपालिका ५ गाेरे चाैतारा घुम्तीमा आइतबार दिउँसो भएकाे बस दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ । २ वटा यात्रुबाहक बस आपसमा ठाेक्किदा भएकाे उक्त दुर्घटनामा अन्य ३० जना घाईते भएका छन् । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर छ ।

पोखराबाट नेपालगञ्ज  तर्फ जादै गरेको भे १ ख ३४८७ न.को बस र काठमाण्डौबाट पोखरा तर्फ जादै गरेको गरेको GAA 0070  न.को बस एक आपसमा ठक्कर खादा GAA 0070  न.को बसका चालक तनहुँ ऋषिङ पाटन घर भई जिल्ला कास्की चाउथे बस्ने बर्ष ३९ का राम बहादुर परियारको मृत्यु भएकाे हाे । चालक परियारकाे लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ । 

घाईतेहरूकाे डुम्रे स्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये टाउकाेमा चाेट लागेका रियाद केसीलाई थप उपचारका लागि चितवन मेडिकल कलेज चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते हुनेहरूकाे विवरण :

लक्ष्मी अस्पतालमा उपचाररत – 

१) जिल्ला बाके बैजनाथ बस्ने वर्ष २४ की किरण बुढा आखा माथी र दुबै खुट्टा कम्मरमा चोट,मध्यम

२) जिल्ला बाके कोहलपुर न.पा. ६ बस्ने वर्ष १३ की रिजु बाठा मगर,कम्मरमा चोट, मध्यम

३) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने वर्ष १५ की ज्ञानु थारु दुबै खुट्टामा चोट, मध्यम

४) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष १६ को ललित खत्री बाया हातमा चोट, मध्यम

५) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष की मायास सिंजापती मगर छाती अनुहारमा चोट मध्यम

६) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष माया सिजापतीको छोरी बर्ष ६ की गुरास गर्ती मगर मध्यम

७) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष १८ को निखिलनाथ योगी शरिरमा भित्री चोट, मध्यम

८) भे १ ख ३४८७ न.को बसको बस चालक जिल्ला बाके कोहलपुर न.पा. १० बस्ने वर्ष ३७ को किशोर जंग शाही,बाया हात फ्याक्चर,बाया खुट्टमा चोट मध्यम

९) जिल्ला तनहुँ म्याग्दे गा.पा. ३ बस्ने वर्ष ३० को रमेश रानाभाट अनुहार र टाउकोमा चोट मध्यम

१०) जिल्ला तनहुँ म्याग्दे गा.पा.  बर्ष ५१ की उजेली रानाभाटको टाउकोमा चोट मध्यम

११) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष १४ की बिद्या पुन मगर, मध्यम

१२) जिल्ला गोरखा गोरखा न.पा. ८ बस्ने वर्ष २० को बिवेक कडेल आखा माथि चोट,अवस्था मध्यम

१३) जिल्ला भक्तपुर चागुनारायण न.पा. ५ बस्ने वर्ष ३५ की बविता थापा,अगाडिको तल माथिको दात हल्लिएको । मध्यम

१४) जिल्ला कास्की पोखरा महानगर १० बस्ने वर्ष ४३ की लक्षिन गुरुङ,छाती ठोकिएको,घुडामा चोट, मध्यम

१५) जिल्ला कास्की पोखरा महानगर १७ बस्ने वर्ष ३६ की दुर्गा रोका मध्यम

मोती अस्पतालमा:-

१) जिल्ला कास्की पोखरा उ.म.न.पा.१२ बस्ने वर्ष ४४की बिजुली गुरुङ,दाया खुट्टमा चोट,अवस्था मध्यम

२) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने वर्ष २५ की कमला गुरुङ ओठमा चोट,सामान्य 

३) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ३९की बसन्ती गुरुङ,दुबै खुट्टामा चोट,मध्यम, 

४) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४५ की लक्ष्मी गुरुङ मुखमा चोट,मध्यम ,

५) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४०की गंगा गुरुङ दाया खुट्टामा चोट,सामान्य 

६) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४५ को शिव जोसी छाती चोट सामान्य 

७) जिल्ला कास्की पोखरा उ.म.न.पा. १७ बस्ने बर्ष ४१ को संजय गुरुङ दातमा चोट,मध्यम

८) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ३७४की ज्योती गुरुङ निधारमा चोट सामान्य

९) जिल्ला स्याङ्जा फेदीखोला गा.पा. ४ बस्ने वर्ष ५५ की चन्द्र कुमारी गुरुङ,मुखमा चोट,मध्यम

१०) जिल्ला बाके बडा न. १४ बस्ने वर्ष ४४ को शिवलाल न्यौपाने,दुबै खुट्टा र नाकमा चोट मध्यम 

११) जिल्ला बाके कोहलपुर न.पा. ६ बस्ने वर्ष १६ की निर्मला शाही नाकमा चोट सामान्य 

१२) जिल्ला बाके कोहलपुर न.पा. ६  बस्ने वर्ष २१ की बिनिता वि.क.,सामान्य(चोट नभएको)

१३) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने बर्ष २५ को सुरज तिवारी टाउकोमा चोट,मध्यम

१४) ऐ.१७:१५ बजे जिल्ला कास्की पोखरा म.न.पा.-१७ बस्ने बर्ष ४९ की निर्मलका भुजेल बाया खुट्टामा चोट अवस्था सामान्य,मोती अस्पतालमा उपचार भैरहेको,

चितवन मेकिकल कलेज पठाईएको 

१) वतन नखुलेका रियाद के.सी., टाउकाेमा चाेट 


सेयर गर्नुहोस