मंसिर ७ गते । गयराति करिब १०:०० बजे ४ जना वालिकाहरुलाई कास्की जिल्ला पोखरा महानगपालिका वडा नं. ६ लेकसाईड स्थित स्नो ल्याण्ड होटलले संचालन गरेको भिजा युथ होस्टेल प्रा.लि.को कोठाहरुमा राखी बाध्य तुल्याई यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले निज बालिकाहरुको उद्दार गरेको छ । पीडित बालिकाहरुसंग बुझ्दा ललाई फकाई राम्रो होटलमा काम लगाईदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने विश्वासमा पारी कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरुसंग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको अवस्थामा निज बालिकाहरुलाई उद्दार गरीयको हो । घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेहरुमा जिल्ला गोरखा पालुङ्टार गा.पा. वडा नं.४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड स्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने वर्ष १९ की ममता तामाङ, जिल्ला मकवानपुर बाग्मती गा.पा. वडा नं.८ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७ कपन बस्ने वर्ष २३ की रिना तामाङ र जिल्ला पुर्वी नवलपरासी मध्यबिन्धु न.पा. वडा नं.१० स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड बस्ने बर्ष अन्दाजी १९ की जस्मिन ठकुरी रहेका छन् ।