८ मङ्सिर, दुलेगौडा ।
नेकपा माआबादी केन्द्रले शुक्लागण्डकी नगरपालिकामा आगामी १८ गते खबरदारी सभा आयोजना गर्ने भएको छ । पार्टीकाे केन्द्रीय अभियान बमाेजिम १८ गते नगर अधिवेशन सहितको सभा गरिने माओेवादीकाे शुक्लागण्डकी नगर समितिले जानकारी दिएकाे हाे । पार्टीका उपाध्यक्ष तथा पुर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा सभा आयोजना गर्ने निर्णय भएको नेकपा माओबादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङ्गले जानकारी दिए ।
शनिबार विहान ढोरफिर्दीको फेदीमा पत्रकार सम्मेलन गरि अध्यक्ष गुरुङ्गले माओबादीलाई शुक्लागण्डकी नगरपालिकामा पहिलो शक्ति बनाउने तयारी स्वरुप खबरदारी सभा सहितका कार्यक्रमहरु आयोजना हुने बताए । उनले माओबादीको आधार ईलाका शुक्लागण्डकी क्षेत्र पनि रहेको दावि गर्दै जनताको जनअपेक्षा र समस्याहरुको सम्बोधन गर्ने लगायतका योजना निर्माण गरेर अघि बढ्ने तयारी भईरहेको बताए ।
गुरुङ्गले नेकपा माओबादी केन्द्र शुक्लागण्डकीको तेस्रो नगर सम्मेलन समेत सोही दिन भएकाले आफ्ना नेता कार्यकर्ताहरुलाई सहभागि हुन गरेका छन् भने अन्य नागरिकहरुलाई समेत माओबादीले आयोजना गर्ने खबरदारी सभालाई साथ दिन अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा शुक्लागण्डकी नगरपालिकाका उप प्रमुख खुमबहादुर विक राजुले माओबादीले जनताको पक्षमा उठाएका राष्ट्रिय मुद्धा र मागको विषयमा जानकारी दिन समेत सभा महत्वपूर्ण हुने दावी गरे ।
विश्वकर्माले जिल्लाका १० वटै पालिकामा खबरदारी सभा गर्ने नारा र भाषणमा मात्र देखाउने विकासको बारेमा आम जनतालाई जानकारी दिने गरि तयारी थालिएको बताए ।