शुक्लागण्डकी स्तरीय राष्ट्रपति रनिङशिल्डमा पञ्चमुनिकाे अग्रता

सेयर गर्नुहोस

२१ मङ्सिर, दुलेगौंडा ।

शुक्लागण्डकी नगरपालिका स्तरीय छैटाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे पहिलो दिन पञ्चमुनिदेव माध्यमिक विद्यालयले ५ स्वर्ण र ३ रजत पदक सहित अग्रता लिएको छ।

८ विधामा खेल हुदाँ पञ्चमुनिले छात्रा सटपुट, छात्र सटपुट, १५०० मिटर दाैड,१०० मिटर दाैड र १५०० मिटर दाैड गरि ५ स्वर्ण पदक हात पारेको हाे । यसैगरी १०० मिटर छात्रा दाैड र १५०० मिटर छात्रा दाैडमा रजत पदक हात पारेको छ ।

यसैगरी अङ्क तालिकाकाे दाेस्राे स्थानमा तालबेसी माध्यमिक विद्यालय रहेको छ । जहाँ तालबेसीले २ स्वर्ण र १ रजत पदक हात पारेको छ ।

यसैगरी नेपाल पुलिस स्कुलले १ स्वर्ग, १ रजत र १ कास्य पदक, अरनिको माध्यमिक विद्यालय खैरेनीटारले १ रजत र २ कास्य पदक, खैरेनी माध्यमिक विद्यालयले १ रजत, १ कास्य, जनप्रेमी माध्यमिक विद्यालयले १ रजत १ कास्य, लाेटरवर्ड, सहिदकृष्ण माध्यमिक विद्यालय र आधारभूत माध्यमिक विद्यालयले समान १/१ कास्य पदक हात पारेको शुक्लागण्डकी नगरपालिकाका शिक्षा अधिकृत सुशील नरालले जानकारी दिए ।


सेयर गर्नुहोस