राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पञ्चमुनिलाई

सेयर गर्नुहोस

२३ मङ्सिर, दुलेगौंडा ।

शुक्लागण्डकी नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार दाेस्राे पटक पञ्चमुनिदेव माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।

गतबर्षकाे विजेता पञ्चमुनिले यस बर्ष १५ स्वर्ण, १० रजत र ३ कास्य पदक हात पार्दै रनिङ शिल्डकाे उपाधि रक्षा गरेको हाे । जितसंगै पञ्चमुनिले नगद २० हजार साथमा रनिङ शिल्डकाे उपाधि प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगितामा तालवेसी माध्यमिक विद्यालय द्धितीय भएकाे छ । जहाँ तालबेसीले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक हात पारेको थियाे । जितसंगै तालवेसीले नगद १५ हजार साथमा शिल्ड प्राप्त गरेको छ ।

प्रतियोगितामा नेपाल पुलिस स्कुलले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हात पार्दै तृतीय भएको छ ।प्रतियोगितामा तृतीय भएको पुलिस स्कुलले नगद १० हजार साथमा शिल्ड प्राप्त गरेको छ ।

३ दिनसम्म सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा गाउँ फर्काेदय माविले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक, अरनिको मावि खैरेनीटारले १ स्वर्ण, ५ रजत र ५ कास्य पदम, खैरेनी माविले १ स्वर्ण, १ रजत र ९ कास्य पदक, आधारभूत माविले १ स्वर्ण, १ कास्य र बालविद्या मन्दिर माविले १ स्वर्णपदक हात पारेको छ ।

यसैगरी प्रतियोगिता जनप्रेमी माविले २ रजत र ३ कास्य पदक, सरस्वती नमुना मावि, हंशबाहिनी मावि र जनकल्याण माविले १/१ रजत पदक, लाेटसबर्ड, सहिदकृष्ण मावि, कुश्मावति मावि र सूर्यदय माविले सबैले समान १/१ कास्य पदक हात पारेको शुक्लागण्डकी नगरपालिकाका शिक्षा अधिकृत सुशील नरालले जानकारी दिए । २९ विद्यालय सहभागी रहेकाे प्रतियोगितामा १३ विद्यालय पदक विहिन भएको छ ।


सेयर गर्नुहोस