जलवायु परिवर्तनकाे असरबारे छलफलसंगै महोत्सव सम्पन्न

सेयर गर्नुहोस

२७ मङ्सिर, पाेखरा ।

पाेखरामा आयाेजित ९ औं अन्तर्राष्ट्रिय पर्वतीय महाेत्सवमा बिहिबार “अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असर” बारे छलफल भयाे । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापका) प्रमुख डा.रविन कडरिया, वातावरण विज्ञ प्रा.डा. विकास केसी, ट्रेकिङ व्यवसायी धर्मराज पन्थी, नेपाल पर्वतारोहण संघ गण्डकीका निवर्तमान अध्यक्ष शेषकान्त शर्मा, टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी लगायतकाे सहभागीतामा अन्तर्क्रिया गरिएको हाे ।
साे क्रममा तापक्रम वृद्धि हुँदै जादाँ मुस्ताङको मार्फामा स्याउ उत्पादनमा कमी आएकाे बताईयाे । यस्तै हिमाली भेगहरूमा पहिलेपहिले नदेखिएका बाेटबिरूवा उम्रन थालेका जस्ता प्रतिकुल परिवर्तन बारे चिन्ता व्यक्त गरिएकाे थियाे ।
तापक्रम वृद्धि हुन नदिन अपनाउन सकिने उपायकाे खाेजीमा सबै जागरुक हुनुपर्ने छलफलकाे निष्कर्ष रह्याे । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेकाे जनाइएको छ । बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिष्ट सम्बन्ध रहेको बताए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्द्धनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका प्रबन्ध निर्देशक निर्मला कुमारी न्यौपानेले कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पर्वतीय क्षेत्रका सम्भावना, जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिकाबारे गहन हुनुका साथै यसले देशको अर्थतन्त्रलाई अघि बढाउन, स्थानीयको जीवनस्तर उकास्न र पर्यटन प्रवर्धन गर्न पनि टेवा पुग्ने विस्वास व्यक्त गरिन ।


सेयर गर्नुहोस