मनकामना केबलकार २ दिन नचल्ने

सेयर गर्नुहोस

१ पुस, तनहुँ ।

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। टावरकाे मर्मत गर्नुपर्ने भएकाले पुस १ र २ गते केबलकार सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएकाे छ  । पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका दर्शनार्थीकाे सहज यात्राका लागि पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छकामना गाउँपालिका-४ चेरेसदेखि मन्दिर सम्म केबलकार सेवा सञ्चालन हुँदै आएकाे छ ।

२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएकाे मनकामना केबलकार नेपालकाे पहिलो केबलकार सेवा हाे ।


सेयर गर्नुहोस