रातिखहरेमा १८० फलफुलका बिरुवा लगाईयाे

सेयर गर्नुहोस

कास्की काे पाेखरा महानगर पालिका वडा न १५ मा रहेकाे रातिखहरे मा बृक्षाराेपण  गरिएकाे छ । रातिखहरे बाेटानिकल गार्डेन  क्षेत्रमा फलफुलका बिरुवा राेपिएकाे हाे । आंप , लिचि ,एभाेकाडाे ,अम्वा ,कागति लगाएतका बिरुवा वडा कार्यलय १५ ले गाेरखा वाट १८० बिरुवा ल्याएर  ठुलि  मजुवा टाेल बिकास संस्थाकाे समन्वय मा फलफुलकाे बिरुवा लगाईएकाे स्थानीय जनप्रतिनिधि  एवं कार्यक्रम का संयाेजक  बलराम पाैडेल  जानकारी गराए ।

बृक्षाराेपण  कार्यक्रममा वडा न १५ का वडा अध्यक्ष ताेरण बहादुर वानिया , सदस्यहरु वलराम पाैडेल , सेतिमाया गुरुङ, मन्दिरा परियार , का साथै भागवत भाष्कर पण्डित कमल नयन गाैतम , प्रदेश प्रहरी तालिम केन्द्र का डि एस पि कृष्ण कार्कि, प्रहरी जवानहरु  , आमा समुह , स्थानिय टाेल बिकास संस्था लगाएत बिभिन्न संघ संस्था का गरि  २०० जनाकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा वडा अध्यक्ष बानियाँले वडा काे बार्षिक कार्यक्रम अन्तरगत पुर्वाधार काे बिकास गरेर मात्र मानविय बिकास नहुने मानवीय बिकासका लागि पुर्वाधार संगसंगै मानिसलाई चाहिने वातावरण , शिक्षा , स्वास्थ ,कृषि संगसगै लैजाने उद्देश्यका साथ रातिखहरेमा फलफुलकाे बिरुवा लगाईएकाे बताए ।वडा कार्यलयले महिनाकाे अन्तिम शनिवार आफ्नाे वडा सरसफाइ पनि गर्दै आएकाे छ ।


सेयर गर्नुहोस