हरिहर मन्दिरमा श्रावण दाेस्राे साेमवार पनि भक्तजनकाे भिड

सेयर गर्नुहोस

शहर बजार संवाददाता / पाेखरा

कास्कीको पाेखरा महानगर पालिका वडा न १७  सिताकाे पाईला मा रहेकाे एतिहासिक मन्दिर सदा शिवजि शिद्देश्वर हरिहर मन्दिरमा १०८ शिवलिङ्ग  १०८  गाैमुखि  धारा  काे दर्शन गर्ने काे भिड आज दाेस्राे साेमवार पनि   बढेकाे छ ।  कास्की कै सबैभन्दा पुरानाे  मन्दिर मानिएकाे सदा शिवजि शिद्देश्वर  हरिहर मन्दिरमा १०८ शिवलिङ्ग र १०८ गाैमुखि धारा निर्माण भएसंगै भक्तजनकाे घुईचाे लाग्न थालेकाे छ ।  श्रावण १ गते भक्त जनहरुले   कलश यात्रा सहित भजन कृतन गर्दै सेतिनदिकाे जल ल्याएर १०८ शिवलिङ्गमा जल अर्पण गरेका थिए ।  बि स १८६४ मा लालमाेहर  पाएकाे  ढुङ्गेेसाघु मेला लाग्ने यस ठाउमा हरिहर मन्दिर कहिले स्थापना भयाे भन्ने ठ्याक्कै यकिन छैन।तर याे धेरै  पुरानाे मन्दिर हाे ।  भगवानकाे पालादेखिनै यस मन्दिर रहेकाे मानिन्छ । १८६४ मा लालमाेहर पाएकाे ढुङ्गेेसाघु मेला भर्न माघ १ गते लाखाै भक्तजनहरुकाे भिड लाग्ने गर्दछ ।  कास्कीमा रहेका  शिवमन्दिर हरुमा आज भक्त जनहरुकाे घुईचाे लागेकाे छ ।


सेयर गर्नुहोस