च्यवनधाममा मनाईयाे कृषक दिवस

सेयर गर्नुहोस

१६ चैत, दुलेगौंडा ।

एकीकृत शत्रु जीव व्यवस्थापन आई.पी.एम विधि अनुसार सामुहिक आलु खेती गरेका शुक्लागण्डकीका किसानले शुक्रबार कृषक दिवस मनाएका छन् ।

कार्यक्रममा किसानहरूले हानीकारक रासायनिक बिषादीकाे प्रयाेग नगरिकनै आलुकाे राम्राे उत्पादन लिन सकिएकाे अनुभव सुनाए । सत्रुजीव र मित्रुजीवकाे पहिचान गरि आलु खेतीमा लाग्ने राेगकिरा नियन्त्रण गर्न सकिने सिकाई सहभागी कृषकहरूले गित, कविता तथा भजन मार्फत प्रस्तुत गरे ।

बाली संरक्षण प्रयाेगशाला, गण्डकी प्रदेश पाेखराकाे आर्थिक सहयाेगमा १६ हप्ता सम्म ‘मुक्तिनाथ च्यवनधाम आई.पी.एम कृषक पाठशाला’ सञ्चालन गरिएकाे प्रशिक्षक सरस्वती गाैतममले जानकारी दिईन् । आलु खेतीमा लाग्ने राेग किरा नियन्त्रणका लागि स्थानीय स्तरमा उपलब्ध जडीबुटीकाे प्रयाेग गर्न सिकाईएकाे प्रशिक्षक गाैतमले बताईन् । रासायनिक मल र बिषादीकाे प्रयाेगले आली देखि थाली सम्म नै बिषकाे प्रकाेप बढिरहेकाले कृषकले अब सचेतता पुर्वक स्वस्थ खानेकुरा उत्पादन गर्नुपर्ने उनकाे भनाई छ ।

कार्यक्रममा बाेल्दै वडा अध्यक्ष सुमन रानाले कृषिलाई प्राथमिकतामा राखेर काम गरेकाे बताए । प्राङ्गारिक खेती प्रशिक्षक महेन्द्र कुमार श्रेष्ठले स्वस्थ जीवनका प्राङ्गारिक खेतीकाे आवश्यकता औल्याए । वडा सदस्य कमला धमला पाैडेलले खेतबारी बाझाेँ नराखी अर्गानिक उत्पादन गरि स्वस्थ बन्न तालिमले प्रेरित गरेकाे बताईन् ।

कृषक तथा उद्यमी तुलशा शाहले बिषादीकाे जथाभावी प्रयाेगले मानिसलाई राेगी बनाईरहेकाे भन्दै आई.पी.एम तालिमबाट प्राङ्गारिक खेती गर्न सिकेकाे बताईन् । तालिमका सहभागी कृषक दुर्गा पाैडेल, लेखनाथ सापकाेटा, ईन्दिरा पाैडेल, तिलकुमारी पाैडेल लगायतले तालिमबाट सिकेकाे प्राङ्गारिक खेतीकाे ज्ञानलाइ व्यवहारमा लागु गर्ने बताए ।

तालिम अवधिमा २५ जना किसानले  खुमल उज्ज्वल जातकाे आलु सामुहिक खेती गरेकाे कृषक समूहका अध्यक्ष रञ्जना रिमाल पाैडेलले जानकारी दिईन् ।


सेयर गर्नुहोस