१७ चैत, दुलेगौंडा ।
शुक्लागण्डकी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई अपाङ्गताकाे अवधारणा, उनीहरूका समस्या र सामाजिक दायित्व बारे अभिमुखीकरण गरिएकाे छ। पेन्तिकाेस पैरबी समाजकाे आयाेजना तथा सामाजिक विकास कार्यालय दमाैलीकाे आर्थिक सहयाेगमा शनिबार दुलेगौंडामा गरिएकाे अभिमुखीकरणमा माध्यमिक तहमा सामाजिक बिषय अध्यापन गर्ने शिक्षकहरकाे सहभागिता थियाे।
कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले अपाङ्गता भएका बालबालिकाकाे अधिकार स्थापित गर्न शिक्षककाे महत्त्वपूर्ण भुमिका रहने बताए ।
अपाङ्गता अधिकारकर्मी सुर्य प्रसाद भट्टराईले अपाङ्गताकाे भएका व्यक्तिहरूकाे पहिचान गरि जटिलता र गाम्भिर्यताका आधारमा उनीहरूकाे आवश्यकता पूरा गर्न सघाउनु सामाजिक दायित्व भएकाे बताए ।
अपाङ्गता समन्वय समिति शुक्लागण्डकीका सदस्य दामाेदर रेग्मीले अपाङ्गता भएका बालबालिकालाई पुर्णतया निशुल्क शिक्षाकाे व्यवस्था गर्न विद्याहरूलाई सचेत गराए । सरकारले अपाङ्गता भएका बालबालिकाकाकाे अवस्था हेरी १ हजार देखि ४० हजार रूपैयाँ सम्मकाे छात्रवृत्ति सुनिश्चित गरेकाे जानकारी दिदैं रेग्मीले राज्यले प्रदान गरेकाे सेवा सुविधा उपलब्ध गराउन शिक्षक तथा विद्यालयले सरकारात्मक सहजीकरण गरिदिनुपर्ने आवश्यकता औल्याए ।
यस्तै, मस्तिष्क पक्षघात स्वाबलम्बन समूह तनहुँका संयाेजक बिष्णु गाैतमले अपाङ्गता भएका बालबालिकाका लागि दिवा सेवा केन्द्रहरू सञ्चालन गर्नुपर्ने बताए ।
शुक्लागण्डकी नगरपालिकाका सामाजिक शाखा प्रमुख युवराज पाैडेलले विद्यालयहरूकाे भाैतिक र शैक्षिक वातावरण अपाङ्गतामैत्री बनाउनुपर्नेमा जाेड दिए ।
पेन्तिकाेष पैरवी समाज तनहुँका अध्यक्ष छिम बहादुर गुरूङले अपाङ्गता भएका बालबालिकाकाे शैक्षिक विकासका लागि शिक्षकहरूमा जागरण ल्याउने उदेश्यले कार्यक्रम गरिएकाे जानकारी दिए ।