१) २०८१/०१/३० गते कामिरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
२) २०८१ वैशाख २४ गते देखि तामाङ र नेपाल भाषालाई बाग्मती प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागु गरेको छ।
३) राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस हरेक बर्ष मे २ मा मनाउने गरिन्छ । ७ औं राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८१ को नारा “समृद्ध नेपालको आधार , सुचना प्रविधी र सञ्चार” रहेको छ ।
४) चिनले नेपाली नागरिकलाई सन् २०२४ मे १ गतेदेखि भिसा निशुल्क गरेको छ ।
५) अन्तर्राष्ट्रिय नर्सिङ दिवस हरेक वर्ष मे १२ मा मनाइने गरिन्छ । सन् २०२४ को नारा “हाम्रो नर्स हाम्रो भविष्य हेरचाहको आर्थिक शक्ति हो “ ।
६) मधेश प्रदेशको पहिलो बालमैत्री घोषित नगरपालिका सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका हो ।
७) तेस्रो लगानी सम्मेलन वि.सं २०८१ वैशाख १६ र १७ गते काठमाडौंमा सम्पन्न भयको छ।
८) नेपालको पहिलो चलचित्र ‘माइतिघर’ का अभिनेता चिताम्बर प्रसाद लोहनी को २०८१ वैशाख १७ गते निधन भयको छ ।
९) सन् २०२४ अप्रिल/मे महिनामा सम्पन्न स्पेनिस ला लिगको उपाधि रियल म्याड्रिड ले जितेको हो ।
१०) मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ को उपाधी जित्ने सुन्दरी डाक्टर आयुस्नोभा ढुङ्गाना हुन् ।
११) नेपाली स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले हालसम्म १७८ पटक रक्तदान गरेका छन् ।