गुरुङ समाज जापानको अध्यक्षमा युवराज

सेयर गर्नुहोस

१२ मे, टोकियो जापान ।

गुरुङ समाज जापानको प्रथम अधिवेशनले युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । “भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षहरुमा चन्द्र गुरूङ , प्रकाश कोके गुरूङ र आशिष गुरूङ, महासचिवमा मोती गुरूङ ,सचिवमा पदम गुरूङ ,कोषाध्यक्षमा राम गुरूङ ,सह-कोषाध्यक्षमा कुमार गुरूङ, सदस्यहरुमा क्रमश कौशल गुरूङ ,प्रिती गुरूङ, जमुना गुरूङ ,जेबी गुरूङ ,याम गुरूङ ,आशिष गुरूङ ,सोमन गुरूङ ,महादेव गुरूङ, विष्णुमाया गुरूङ ,दिपक घले ,जगदिश गुरूङ, टुम गुरूङ ,आष्मा गुरूङ ,प्रेम गुरूङ र सुमन घलेलाइ चयन गरेको हो ।

टोकियोको सिनओकुबोस्थित नेपाली मुराहल सोलमारीमा आयोजित अधिबेशनमा तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समिति,संरक्षक परिषद्का अध्यक्ष रेशम गुरूङ र तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका सह-महासचिव मनोज गुरूङ लगायतको उपस्थिति थियाे । 

नवनिर्वाचित अध्यक्ष युवाराज गुरुङले जापानमा आएर स्थायी वा अस्थायी रुपले बसोबास गरिरहेका सम्पूर्ण गुरुङहरु विच सद्भाव एवं भातृत्व अभिवृद्दि गर्न र उनिहरुको “प्ये ताँ ल्हु ताँ”मा आधारित भाषा, धर्म, भेषभूषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण र संबर्द्धन गर्दै सामाजिक आर्थिक बिकास गर्नको निम्ति सङ्गठित रुपले अगाडि बढ्न एक सामाजिक संस्थाको आवश्यकता महसुस भएकोले “तमु समाज जापान” को स्थापना गरियको बताए । अध्यक्ष गुरुङले जापानमा रहेका सबै संस्थाहरुलाइ सहकार्यको लागि समेत अनुरोध गरेका छन्।


सेयर गर्नुहोस