तामाको तार चोरी गर्ने ३ व्यक्ति पक्राउ

सेयर गर्नुहोस

पोखरा, भाद्र १४

यहि भाद्र १२ गते बुधबार राती पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन गोर्खा भिलेज स्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी मूल्य रु.६ लाख बराबरको सामान चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले खोजी गर्दै जाँदा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा तारको बाहिरी कभर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा अन्दाजी ९६ के.जी. तामाको तार र ७ के.जी. तामाको टुक्रा झोलामा हालिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन बस्ने २९ वर्षको सुजन परियार, ऐ. ऐ. १४ आर्मी प्लटिङ बस्ने ३७ वर्षको विकास खवास र ऐ.ऐ. १५ खाल्टेमसिना बस्ने २६ वर्षको निशान दर्जीलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


सेयर गर्नुहोस