२७ भदाै, भिमाद ।
तनहुँको भिमादमा रूख काट्ने क्रममा बिहिबार एक जनाकाे मृत्यु भएकाे छ । आफैले काटेकाे रूखले च्यापिदाँ भिमाद नगरपालिका ६ कुमालडाँडा फेदिका ५८ बर्षीय शेर बहादुर कुमालकाे मृत्यु भएकाे हाे ।
भिमाद बजार स्थित रंगशाला छेऊमा रहेकाे सुकेकाे सिसाैकाे रूख ढलाउने क्रममा साेही रूखले च्यापिएर कुमालकाे घटनास्थलमा नै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
घटनाबारे थप अनुसन्धान भैरहेकाे ईलाका प्रहरी कार्यालय भिमादले जानकारी दिएकाे छ ।