गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा समस्या भएको बताउँदै त्यसलाई नीतिगत रुपमै सुधार गर्नू पर्ने बताएका छन् । अहिले आफु स्वास्थ्य क्षेत्रको अवस्थाबारे बुझिरहेको र यस क्षेत्रमा धेरै समस्याहरु देखिएका बताउँदै त्यसको समाधान गर्न नीतिगत रुपमौ सुधार गर्न अत्यावश्यक भएको औल्याए । बिहिबार पत्रकारसँगको भेटमा उनले गण्डकी प्रदेशमा मृत्यु हुनेमा ७१ प्रतिशत नागरिक नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताउँदै उनले खानपानमा विशेष ध्यान दिनुपर्ने बताए । खानपीनमा ध्यान नदिदाँ मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायतका रोगबाट मृत्यु हुने गरेको र यसको मृत्यु दर घटाउन आवश्यक रहेको उनको भनाई छ । ‘यो संवेदनशील क्षेत्र हो । अठोट लिएर आएको छु केही गर्छु भनेर । आत्मशक्ति पनि छ । तर, सबै तह र पक्षको सहयोगको आवश्यक पर्छ ।’ मन्त्री पाठकले थपे, ‘तपाईँहरु समन्वय र सहकार्य गर्नु परिवर्तन म गर्छु ।’ गण्डकी प्रदेशमा आत्महत्याका घटना दिनानुदिन बढेको बताउँदै नागरिकको शारिरीक मानसिक स्वास्थ्यको बारेमा पनि आफुले सोचेको बताए । उनले गण्डकी प्रदेशमा आत्यहत्या गर्नेमा गारेखामा सबैभन्दा बढी र बागलुङ जिल्ला दोस्रो रहेको बताए । दुर्गम क्षेत्रमा डाक्टरहरु जान नमानेको र त्यसका लागि विशेष योजनाहरु लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । आफु मन्त्रालयमा आएको एकहप्ता मात्रै भएको बताउँदै आफुले बोलीमा भन्दा काममा विश्वास राख्ने बताउँदै परिणाममुखी काम गरेर नागरिकलाई सरकारको प्रत्याभुत गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।