मित्रता माध्यमिक विद्यालयमा स्मार्ट हाजीरी प्रणाली

सेयर गर्नुहोस

२८ भदौ, आँबुखैरेनी ।

तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसय स्थित मित्रता माध्यमिक विद्यालयमा स्मार्ट हाजीरी प्रणाली शुरु भएको छ । स्मार्ट हाजीरी प्रणालीको शुक्रबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरेका छन् । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट एटेन्डेन्स सिष्टमले विद्यालयमा विद्यार्थीको उपस्थिति बारे अभिभावकलाई सूचना प्रदान गर्छ ।
स्मार्ट एटेन्डेन्स सिष्टम जडान भएपछि विद्यार्थी विद्यालयको गेटबाट प्रवेश गरेको र बाहिरिएको सूचना अभिभावकले सहजै थाहा पाउछन्। यस सिष्टममा विद्यार्थीको परिचय पत्रमा एउटा चिप्स जडान गरिएको हुन्छ, विद्यार्थी गेटमा आईपुगेवित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावक सम्म पुग्ने गर्छ ।
विद्यार्थीको सुरक्षा र अभिभावकको निश्चिन्तताको लागि स्मार्ट एटेन्डेन्स सिष्टम जडान गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए । ‘अभिभावकलाई उहाँको बालबालिका विद्यालयमा सुरक्षित छ वा बाहिर छ भन्ने चिन्ता भैरहेको हुन्छ, यही चिन्ता दुर गर्न हामीले यो सिष्टम लागु गरेका हौ’ प्रधानाध्यापक बोगटीले भने ‘विद्यालय व्यवस्थापन प्रणालीमा नवीनता ल्याउन स्मार्ट एटेन्डेन्स सिष्टम महत्वपूर्ण हुने विश्वास छ ।’


सेयर गर्नुहोस