१) राष्ट्रिय बाल दिवस २०८१, भाद्र २९ को आदर्श वाक्य :- बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी ।
२) राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छ्न् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस अवार्डको “प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो ।
३) राष्ट्रिय विज्ञान दिवस २०८१ असोज १ को आदर्श वाक्य ” विज्ञान साक्षरता र उद्धमशिलता सबल अर्थतन्त्रको आधारशिला” । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउने गर्दछ ।
४) पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने खेलाडी : पलेशा गोवर्धन , उनले के-४४ क्याटगोरिको महिला ५७ केजी मुनी तौल समूहमा कास्य पदक जितेकी हुन् । यो उपलब्धी नेपाली खेलकुदकै अहिले सम्मकै ठूलो हो ।
५) नेपाल र किरीबाटी बिच दौत्य सम्वन्ध कायम (१८३ औं राष्ट्र) सन् २०२४ जुलाई १७
६) पद्यश्री साहित्य पुरस्कार २०८० प्रा. कृष्ण गौतमको उपन्यास अदैत लाई प्रदान ।
७) नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण २०८१ भदौको प्रतिवेदन अनुसार, नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
८) विश्व स्वास्थ्य संगठनले नुनको दैनिक उपभोगको मात्रा प्रतिव्यक्ति ३ देखि ५ ग्राम निर्धारण गरेको छ ।
९) २०८० को मदन पुरस्कारबाट सम्मानित स्रस्टा: मोहन मैनाली ( कृति: मुकाम रणमैदान ) , मुकाम रणमैदान नेपाल-अंग्रेज युद्धको इतिहास हो ।