५ असाेज, दुलेगौंडा ।
शनिबार दिउँसाे तनहुँ खैरेनीटार सवस्टेशनबाट वितरण हुने विद्युत अवरुद्ध हुने भएकाे छ । नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले शनिवार मुग्लीन–पोखरा सडक विस्तार योजना अन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले खैरेनीटार सवस्टेसनसम्मको ३३ केभि प्रसारण लाईन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने भएकाे हाे ।
खैरेनीटार सवस्टेसन बाट तनहुँकाे शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिकाका र नवलपुरको बौद्धिकाली र बुलिङ्टार गाउँपालिकाका केहि वडाहरुमा विद्युत प्रवाह हुन्छ ।