२ लाख नगद सहितको झोला फेला परेको

सेयर गर्नुहोस

पोखरा ७, असोज ।

आइतबार बेलुकी अन्दाजी ५ बजे कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३ भद्रकाली स्थित वडा कार्यालयको भवन भित्र कोठा नं. १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंगको पछाडी भिर्ने झोला अपरिचित व्याक्तिले छाडी गएकोमा हालसम्म कोही कसैले दाबी गर्न नआएको भन्ने सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले सुरक्षित साथ वडा सदस्यको रोहबरमा खोली हेर्दा निम्न अनुसारको नगद तथा जिन्सि सामानहरु फेला परेको र उक्त सामान वडा प्रहरी कार्यालय रामबजारमा ल्याई राखिएको प्रहरीले जनाएको छ । उक्त सामान कोही कसैको हुनसक्ने हुँदा प्रमाण लाग्ने कागजात सहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्नको लागि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।
निम्न सामानहरु :-

  1. नगद रु. २ लाख ।
  2. हाप पाईन्ट थान-१, टिसर्ट थान -१, INSTA 360 लेखेको क्यामेरा थान-१ र मो.सा.को चाबी थान -१ ।

सेयर गर्नुहोस