९ असाेज, पाेखरा
पर्यटकीय गाउँ घान्द्रुक जाने सडक सुचारू भएकाे छ । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी) को प्रवेशद्वार घान्द्रुक पुग्ने माेटरबाटाे साढे २ महिनादेखि अवरुद्ध थियाे ।
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अन्तर्गत अन्नपूर्ण–१० मा पहिरो खस्दा अवरुद्ध बनेकाे माेटरबाटाे मर्मतपछि मंगलबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएकाे छ ।
अन्नपूर्ण आधार शिविरकाे प्रवेशद्वार घान्द्रुक हिमश्रृङ्खलाकाे दृश्यावलाेकन, पहाडी रहनसहन र गुरूङ संस्कृतिमा रम्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य हाे ।