समसामयिक……

सेयर गर्नुहोस

१) प्लेयर अफ दि इयर फिमेल घोषित खेलाडी : एरिका गुरुङ

२) मुगुलाई ६५ औं साक्षर जिल्ला घोषणा: २०८१ असोज ७ (६४ औं कपिलवस्तु, २०८०असार ३१ र ६३ औं डोटी, २०८० जेठ ३२)

३) यूरो मनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत बेस्ट बैङ्किङ नेपाल र बेस्ट बैङ्किङ ESG (वातावरण, सामाजिक र सुशासन) नेपाल गरी २ विधामा सम्मानित हुन सफल नेपाली बैङ्क: ग्लोबल आइएमई बैङ्क रहेको छ ।

४) एआई र रोवोटिकमा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक भयको छ ।

५) ९७ औं ओस्कार अवार्ड ३ मार्च २०२५ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ । मिन बहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने ।

६) साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (ASARFII) को अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन हुनुभएको छ ।

७) मिस युनिभर्स नेपालको उपाधी प्राप्त गर्ने सुन्दरी: सम्पदा घिमिरे ।

८) स्थानिय तहमा रिक्त पदको लागि उपनिर्वाचन मिति तय : वि.सं २०८१ मंसिर १६ (२०८१ भदौ ३० को मन्त्रीपरिषद बैठकले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो । )

९) मिसेस मंगोल नेपाल २०२४ को उपाधी प्रतिभा पुलामी मगरले हात पारेकी छन् ।

१०) प्रकाशमान सिंह राउत प्रधान न्यायाधीशमा सिफारिस – संवैधानिक परिषदको वैठकले वि.सं. २०८१ भदौ ३१ गते सिफारिस गरेको हो ।

) ४५ औं सामाजिक सेवा दिवस २०८१ को नारा “सुशासन र समृद्ध नेपाल राष्ट्रिय सोचाई, दिगो सामाजिक विकास संघसंस्थाको रोजाई ” यो दिवस हरेक बर्ष असोज ६ गते मनाइने गरिन्छ ।

१२) भारतिय कम्युनिष्ट पार्टी(मार्क्सवादी) का महासचिव सिताराम यचुरीको निधन – सन् २०२४ सेप्टेम्बर १२ ।

१३) राष्ट्रसंघिय जलवायु परिवर्तन सम्वन्धी सम्मेलन (कोप-२९): सन् २०२४ नोवेम्वर ११ देखि २२ सम्म वाकु अजरबैजानमा हुने ।

१४) ४५ औं बिश्व पर्यटन दिवस, २०२४ को नारा:-Tourism and Peace(पर्यटन र शान्ति) सन् १९८० देखि मनाउन सुरू
हरेक बर्ष सेप्टेम्बर २७ मा मनाईने ।


सेयर गर्नुहोस