दलित समुदायका ७ अगुवा सम्मानित

सेयर गर्नुहोस


१९ असाेज, दुलेगौंडा ।

हाम्रो दलित समाज शुक्लागण्डकी नगर समितीले बिभिन्न पदमा निर्वाचित तथा मनोनित भएका समाजका सदस्यहरुलाई सम्मान गरेको छ । शनिवार दुलेगौडामा आयोजना गरिएको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा समाजका ७ जनालाई सम्मान गरिएको समाजका सचिव दिपेन्द्र परियारले जानकारी दिए ।

परियारका अनुसार नेकपा एमाले को निर्वाचन क्षेत्र २ का इन्चार्ज सबिता रसाइली, नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल दलित सङ्घको केन्द्रीय सदस्यमा मनोनित प्रकाश बिक, शुक्लागण्डकी महिला उद्यमी बिकास समितीका सभापती निर्वाचित मनिषा बिक, सदस्य बिनिता बिक र पबिना लामगादे, शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिती ४ का सभापती बालकृष्ण बिक र वडा ६ का सचिव रमेश बिक लाई सम्मान गरिएकाे हाे । 

कार्यक्रममा सामाजिक अभियन्ता जनार्दन वियोगीले दलित समुदायको अधिकार स्थापित गर्न जातीय एकतामा जोडदिनु पर्ने धारणा राखे ।

समाजका संयोजक भरत लामगादेको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।


सेयर गर्नुहोस