अबैध कटपिस ढुङ्गा निकासी गर्ने साधन नियन्त्रणमा

सेयर गर्नुहोस

पोखरा, २० असोज ।

कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका भित्र पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा निकासी भईरहेको भन्ने सुचनाका आधारमा मिति असोज १९ गतेको अन्दाजी राती ११:३५ बजे वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले कास्की जिल्ला पोखरा महानगरपलिका वडा नं.१६ मध्यम पथ चोक स्थित सडक खण्डमा भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७२३४ नम्बरको मिनि टिप्परलाई रोकी चेकजाँच गर्दा उक्त मिनि टिप्परमा कटपिस ढुङ्गा लोड गरेको पाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएकोले उक्त कटपिस ढुंगाहरु सहित टिप्पर नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्र.ना.उ. बसन्त कुमार शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


सेयर गर्नुहोस