पोखरा, असोज २१
सोमबार दिउँसो करिब १:१५ बजे जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२७ धर्मकाँटा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च २३५० नं. को कारले सोहि स्थानमा सडक छेउमा रोकेको ग २४ प ७४०२ नं. को चार पाङ्ग्रे स्कुटरलाई पछाडीबाट ठक्कर दिँदा स्कुटर चालक (फरक क्षमता भएका, खुट्टा टेक्न नसक्ने) पोखरा २७ तालचोक बस्ने बर्ष ५६ को राम बहादुर छन्त्याल घाईते भई उपचारको लागि सिरियस अवस्थामा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त कार र कार चालक जिल्ला गोरखा, गोखरा न.पा. ११ किलो बस्ने बर्ष २५ को सरोज कुमाललाई इ.प्र.का. शिसुवाको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।