१) पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भयको छ । कलेजो सम्बन्धी समस्याको उपचारको क्रममा मंसिर २ गते उनको निधन भयको हो ।
२) हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ । यस वर्षको नारा ” कर प्रणालीको सार, लगानीको आधार ”
यस वर्ष सबैभन्दा धेरै आयकर तिर्ने : नेपाल टेलिकम
३) नेपाललाई सन् २०३० सम्ममा स्टार्ट अप मुलुक बनाउने लक्ष्य लिइएको छ । सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाहरुको पहलमा ।)
४) नेपालले बङ्गलादेशमा ४० मेगावाट विजुली निर्यात सुरू गरेको छ । २०८१/०७/३० ( परराष्ट्र मन्त्रालयको आयोजनामा कात्तिक ३० नोभेम्बर 15 बाट निर्यात सुरू गरियको थियो ।
५) इन्डोनेसिया सरकारद्वारा विशिष्ट अवार्ड ‘करका बुराना अवार्ड ‘ बाट हालै सम्मानित हुने नेपाली उधमी:
चन्द्र प्रसाद ढकाल (नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष)
६) राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२९) वाकु अजरबैजानमा भैरहेको छ । (नोभेम्बर ११ देखि सुरू भयको सम्मेलन २२ नोभेम्बर सम्म संचालन हुनेछ । )
७) नेपाल पहिलोपटक २०२५ जनवरी मा मलेसियामा हुने आइसिसी यु १९ महिला विश्वकपको लागि छनोट भयको छ । युएईलाई हराँउदै नेपाल विश्वकप क्रिकेटका लागि छनोट भयको हो ।
८) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरायको छ । (नोभेम्बर १६ तारिखमा ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा नेपालबाट जिलेस्पिजङ कार्की र रोहित चन्दले गोल गरेका थिए ।
९) वल्ड एकाडेमी अफ साइन्सेस(ट्वास) ले नेपाल विज्ञान तथा प्राविधिक प्रतिस्ठान(नास्ट)की वरिष्ट वैज्ञानिक टिष्टा प्रसाईं जोशी र त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका सह-प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको छ । प्रसाईले ट्वास समिरा ओमार ईनोभेसन फर सस्टेनिविलिटी अवार्ड र दाहालले ‘ट्वास अट्टा उर रहमान अवार्ड ‘ प्राप्त गरेका छन् ।