चाहाना अनुसारको दुरूस्त आकार, चित्रकलाको अर्थ आनन्द ठान्छन् साकार

सेयर गर्नुहोस

पोखरा १७ विरौटा बस्ने साकार पोख्रेल, पोखराको रामबजार स्थित एस्ओ.एस्. हर्मन बोर्डिङ स्कुल कक्षा १२ मा विज्ञान विषय लियर पढ्दैछन् । पढाइमा सानैदेखि अब्बल उनि , पढाइ संगसंगै सानैदेखि चित्रकलामा पनि रूचि राख्छन्, कक्षा ४ मा पोखराको शिशु निकेतन पढ्दा उनका आर्ट टिचर गोविन्द सरको प्रेरणाबाट आफूलाई चित्रकलाप्रति रूचि जागेको बताउछन् । उनि भन्छन, आजसम्म मेरा गूरूहरू लगायत अग्रजहरूको भनाइअनुसार नेपालको सन्दर्भमा चित्रकला बाटनै जिविकोपार्जन गर्न कठिन रहेको छ । चित्र बनाउन धेरै मेहेनत गर्नुपर्छ, समय र इक्युपमेन्ट पनि उतिकै लाग्छ, यसलाई बिक्रीको लागि राख्यो भने ग्राहकले न्युनतम मुल्यमा माग गर्दा चित्त दुख्ने उनको गुनासो छ ।

पढाइ संगसंगै चित्र कोर्दा समय व्यवस्थापन गर्न गार्हो हुन्छ, व्यवसायिक रूपमा चित्र बनाउन नसकेपनि समय मिलेको बेला चित्र कोर्दा आफुलाई आनन्द लाग्ने उनि बताउछन ।
आफ्नो चित्रकला प्रतिको लगावमा बाबा (आमाको भरपुर साथ र सहयोग रहेको छ ।
साकार सुनाउछन् चित्र बनाउने बानि बसेपछि अन्य कृयाकलापमा (टिभी, मोवाइल गेम, बाहिर हिडडुल गर्ने आदत नहुने घरमा बस्यो चित्र बनायो, घरको खाना खायो, परिवारसंग रमायो, यसैमा खुसी मिल्छ ।


सेयर गर्नुहोस